Rules and Regulations, who need them. Open up the door, We can change the World.
विद्यार्थीले शिक्षालय हाता भित्र पालना गर्नु पर्ने नियमहरु
- शिक्षालय हाता भित्र पढ्न आउदा शिक्षालयले तोके बमोजिम पोशाक (DRESS) लगाएर मात्र आउने । अन्यथा कक्षा कोठा भित्र पस्न दिइने छैन ।
- शिक्षालय हाता भित्र शिक्षालयको कुनै पनि सम्पत्ति हानी नोक्सानी गर्न पाइने छैन । सो गरेको पाईएमा नियम अनुसार सजाय भोग्नु पर्ने छ ।
- बिद्यार्थीले ल्याएका सवारी साधन (साइकल तथा मोटरसाइकलहरु) निर्धारित स्थानमा मात्र पार्किंग गर्ने ।
- पानी/ खाजा खान आउदा जथाभावी ठाउँमा अनावस्यक रूपमा भीड गर्न पाइने छैन ।
- शिक्षालय हाता भित्र प्रयोगात्मक क्रियाकलाप अथवा अन्य कुनै पनि बेला कुनै पनि विद्यार्थीले अर्को कुनै पनि केटा/केटी विद्यार्थीलाई असुहाउदो भाषा तथा असुहाउदो व्यवहार गरेको पाईएमा सो विद्यार्थीलाई कठिन भन्दा कठिन सजाय हुनेछ ।
- Canteen मा प्रवेश गर्दा निर्धारित समय भित्र खाजा/खाना खाएर आफ्नो कक्षा कोठा भित्र फर्की सक्नु पर्ने छ ।
- कक्षा संचालनको बेला शिक्षालय हाता भित्र अनावस्यक रूपमा बसेको/घुमेको पाईएमा नियम अनुसार सजाय भोग्नु पर्ने छ ।
- शिक्षालय हाता भित्र कुनै पनि किसिमको होहल्ला / झैझगडा गर्न पाइने छैन । सो गरेको पाईएमा नियम अनुसार सजाय भोग्नु पर्ने छ ।
- शिक्षालय हाता भित्र कुनै पनि किसिमको हातहतियार ल्याउन पाइने छैन ।
विद्यार्थीले कक्षाकोठा भित्र पालना गर्नु पर्ने नियमहरु
- कक्षाकोठा भित्र शिक्षालयले तोके बमोजिम पोशाक (DRESS) लगाएर मात्र आउनु पर्नेछ । अन्यथा कक्षा कोठा भित्र पस्न दिइने छैन ।
- कक्षाकोठा भित्र प्रवेश गर्दा कक्षा संचालन हुनु भन्दा कम्तिमा ५ मिनेट अगावै प्रवेश गर्नु पर्नेछ ।
- कक्षाकोठा भित्र कक्षा संचालनको बीचमा प्रवेश गर्न पाइने छैन तथा कक्षाको बिचमा कक्षा कोठा बाहिर अनावस्यक रूपमा निस्किन पाइने छैन ।
- कक्षाकोठा भित्र मोबाइल ल्याउदा SWITCH OFF / SILENT मा राखेर मात्र बस्ने І सो नगरेको पाईएमा कक्षाकोठा बाहिर निस्काष्ण गरिने छ ।
- कक्षाकोठा भित्र व्यक्तिगत वा सामुहिक रूपले झगडा गरेको पाईएमा सो व्यक्ति वा समुह माथि सख्त कारवाही / जरिवाना गरिने छ ।
- कुनै पनि कक्षामा कुनै पनि विधार्थी सेमेस्टर भरि एकै स्थानमा बस्न पाईने छैन । (SEAT ROTATION) गर्नु पर्नेछ ।
- कक्षाकोठा भित्रको संस्थागत सम्पत्ति जस्तै बेन्च /डेस्क /स्विच /झ्याल /ढोका/पंखा इत्यादी को जगेर्ना गर्नु पर्नेछ І अनावस्यक रूपमा माथि उल्लेखित वस्तुहरु चलाउन पाइने छैन , सो गरेको पाईएमा कारवाही / जरिवाना गरिने छ ।
- कक्षाकोठा भित्र कुनै पनि किसिमको हातहतियार ल्याउन पाइने छैन ।
- प्रयोगात्मक अभ्यास गर्दा व्यक्तिगत सुरक्षाको मापदण्ड पूर्णरूपले पालना गर्नु पर्नेछ तथा उपकरणहरुको पनि सुरक्षासाथ प्रयोग गर्नु पर्नेछ ।
COMPUTER LAB भित्र पालना गर्नु पर्ने नियमहरु
- Computer Lab भित्र शिक्षालयले तोके बमोजिम पोशाक (DRESS) लगाएर मात्र आउनु पर्नेछ । अन्यथा Lab भित्र पस्न दिइने छैन ।
- Computer Lab भित्र प्रशिक्षकको अनुमति बिना प्रवेश गर्न पाईने छैन І प्रवेश गर्दा जुत्ता/चप्पल अनिवार्य बाहिर निकाल्नु पर्नेछ ।
- प्रयोगात्मक अभ्यास गर्दा व्यक्तिगत सुरक्षाको मापदण्ड पूर्णरूपले पालना गर्नु पर्नेछ तथा उपकरणहरुको पनि सुरक्षासाथ प्रयोग गर्नु पर्नेछ ।
- प्रशिक्षकको अनुमति बिना कुनै समान छुन/चलाउन पाइने छैन, सो गरेको पाईएमा सामानको क्षति भएमा सो विधार्थी स्वम् जिम्मेवार हुनेछ र निजलाई जरिवाना गरिने छ ।
- Computer Lab संचालन अगावै Computer Lab को कम्प्युटर सेटहरुको सफाई गरेर मात्र चलाउनु पर्नेछ ।
- Lab भित्र Lab संचालनको बीचमा प्रवेश गर्न पाइने छैन तथा Lab को बिचमा Lab बाहिर अनावस्यक रूपमा निस्किन पाइने छैन ।
- Computer Lab Session समाप्त भैसके पछि आ-आफ्नो Computer System Off गरि, छोपी Main Power Supply बन्द गरि मात्र बाहिर निस्किन पाइने छ ।

